कग्युद महप्रणिधान पाठ संग्रह

कग्युद महाप्रणिधान पाठ संग्रह

कग्युद महप्रणिधान पाठ संग्रह

कग्युद महाप्रणिधान पाठ संग्रह

བཀའ་བརྒྱུད་སྨོན་ལམ་ཆེན་མོའི་ཞལ་འདོན་ཕྱོགས་སྒྲིག །
१७ औं कर्मापा।
बोधगया स्थित कग्युद मोन्लम पुस्तक पसल।

हाम्रा शास्ताले सम्यक सम्बुद्ध प्राप्त गर्नुभएको अति विशेष तीर्थ स्थल बोधगयामा वार्षिक रूपमा गरिने कग्युद प्रणिधानका लागि टाढा – टाढाबाट आउनु भई तेरगार गोन्पा नजिक रहेको कग्युद मोन्लम पाण्डालमा उपस्थित भई हफ्ता दिनको प्रणिधान पाठ एकैसाथ गर्नेगर्छौं। जुन पाठ गर्नुको उद्देश्य सम्पूर्ण प्रणिले सुखावती भुवनको प्राप्ति र संसारमा सुख र शान्तिले व्याप्त रहनका लागि हुन्। सन् २००४ मा ग्यालवाङ कर्मापाले यस कग्युद महाप्रणिधान पाठ गर्न प्रारंभ गर्नु भयो। श्रद्धेय उहाबाट यस उत्तम स्थलमा गण को केन्द्रमा आसित रही सु – फल प्रदायक हेतु प्रणिधान पठोच्चारण बारम्बार गर्नु हुन्छ। जुन पाठ गर्नाले दृष्टि शुद्ध भई चित्त निर्मल पनि हुन्छ।

वर्तमानको कग्युद मोन्लम हालसालैको झै देखिएता पनि यसको मूल प्रादुर्भाव भने १५ औं शताब्दिमा भोट प्रदेशबाट भएको थियो। विशेषतः सातौं कर्मापा धर्मकीर्ति सागर (छोईड्राक ग्याछो) ले गार्छेन महाप्रणिधान पाठको शुरुवात गर्नुभयो जुन २० अंगका थिए र पछि यो परम्परा नै बन्नपुग्यो। अझ श्रद्धेय कर्मापाले बुद्ध वचन र शास्त्रबाट आएका निर्मल वचनहरु जति सक्दो वाचन गर्ने, सुनाउने र विशेष रूपमा पूर्वका महान गुरू र परम्परागत गुरूहरुबाट प्रतिपादित उपदेशहरका राम्रा पक्ष सबै सँगाल्ने पनि गर्नु हुन्छ। पूजा पाठ विधि जस्तै गुरू वन्दनाहरु त्यसैगरी एकविशंति तारा – स्तुति, अक्ष्योभ्य र अमिताभ बुद्धको भुवन प्राप्तिको प्रणिधान, जीवित तथा मृतकका निम्ति पारिणमना महायान उपोसथ संवर विधि र श्री अतिशद्वारा रचित दीप प्रणिधान आदि समेटिएका छन्।

अभ्यासका क्रममा कर्मापको समिपमा रही उहाँको मार्गदर्शनमा यस प्रणिधानको पाठ गर्ने र एक – एक शब्दार्थ चित्तमा मनन गरी उच्चारण गर्नुपर्छ। उच्चारण गर्दा पनि प्रत्येक शब्द सुवर्ण बनोटका साथै यस संसारमा व्याप्त भएको र साथै सूर्य, चन्द्र, र ताराको प्रभा सरी मैत्री, करुणा र प्रज्ञाको प्रभा चारै दिशामा प्रकाशमान होस् भनि प्रणिधान गर्नुपर्छ।

Kitab Kagyu Monlam
Συλλογη Προσευχων των Καγκιου
Le Livre du Kagyu Meunlam
काग्युद महाप्रणिधान पूजा पाठ पुस्तक
བཀའ་བརྒྱུད་སྨོན་ལམ་དེབ།
El Libro del Monlam Kagyu
Книга молитв Кагью Монламa
Kagju Mynlam: modlitwy i rytuały
까규 대기원법회 독송집
Nghi thức tụng niệm Kagyu Monlam
Kagyu Monlam Book
Image
Kagyü Mönlam
Il libro del Kagyu Monlam
prayer books
The Thirty Verses
abhidharma
An Overview of the Five Texts of Maitreya
The Thirty Verses
abhidharma
An Overview of the Five Texts of Maitreya
The Thirty Verses
abhidharma