नेपाली

• 9 •

Featured image for “वज्रधर लघु प्रार्थनाको सरल भाषामा व्याख्यायित मोक्ष मार्गदर्शन”

वज्रधर लघु प्रार्थनाको सरल भाषामा व्याख्यायित मोक्ष मार्गदर्शन

PDF

सातौँ कर्मपा क्षोडाग ग्याछोका गुरु महासिद्ध गुरु ज्याम्पल शाङ्‍पोज्यूद्वारा रचित ‘वज्रधर लघु प्रार्थना’ अति नै महत्त्वपूर्ण पाठ रहेको छ। यसलाई परम पूजनीय गुरु नवौँ खेन्छेन ठाङ्गु रिन्पोछेज्यूले सिकारूहरूको लागि बोलीचालीको भाषामा व्याख्या गर्नुभएको छ। उहाँले व्याख्या गर्नुभएको ‘वज्रधर लघु प्रार्थना: सरल भाषामा व्याख्या मोक्ष मार्गदर्शन’ नामक यो शास्‍त्र नेपालीमा अनुवाद भएको छ। यसलाई अध्ययन तथा अभ्यास गरेमा अवश्य लाभ हुनेछ।

ད་དུང་བལྟ་ཀློག • Read More • 閱讀更多
Featured image for “बोधिपथप्रदीप सरल भाषामा व्याख्यायित प्रारम्भिक प्रवेशद्वार।”

बोधिपथप्रदीप सरल भाषामा व्याख्यायित प्रारम्भिक प्रवेशद्वार।

PDF

ज्योवो ज्ये पल्देन अतिश अर्थात् दीपंकर श्रीज्ञानले रचना गर्नुभएको ‘बोधिपधप्रदीप’ नामक उत्तम ग्रन्थले त्रिपिटकको सार, तीन पुरुषको मार्ग क्रमशः स्पष्‍ट रूपले दर्साएको छ। यसलाई परम पूजनीय गुरु नवौँ खेन्छेन ठाङ्गु रिन्पोछेज्यूले सिकारूहरूको लागि बोलीचालीको भाषामा व्याख्या गर्नुभएको छ। उहाँले व्याख्या गर्नुभएको ‘बोधिपथप्रदीप सरल भाषामा व्याख्यायित प्रारम्भिक प्रवेशद्वार’ नामक यो शास्‍त्र नेपालीमा अनुवाद भएको छ। यसलाई अध्ययन तथा अभ्यास गरेमा अवश्य लाभ हुनेछ।

ད་དུང་བལྟ་ཀློག • Read More • 閱讀更多
Featured image for “बोधिचर्यावतार चार परिच्छेदको सङ्‌क्षिप्‍तार्थ सरल भाषामा व्याख्या”

बोधिचर्यावतार चार परिच्छेदको सङ्‌क्षिप्‍तार्थ सरल भाषामा व्याख्या

སྤྱོད་འཇུག་ལེའུ་བཞིའི་བསྡུས་དོན་ཕལ་སྐད་དུ་བཀྲལ་བ།

EPUB PDF

“बोधिचर्यावतार चार परिच्छेदको सङ्‌क्षिप्‍तार्थ सरल भाषामा व्याख्या” नामक शास्‍त्र परम पूजनीय नवौँ ठङ्गु रिन्पोछेज्यूले आफ्ना शिष्यहरूलाई धर्मदेशना दिँदै गर्नुभएको अडियो रेकर्डलाई लिपिबद्ध गरिएको हो।

बोधिचर्यावतारको चार ओटा परिच्छेदहरू मात्र बताउनुको कारण, धेरै पहिले पल्टुल रिन्पोछेले बोधिचर्यावतारको धर्मदेशना विस्तृतमा छ महिना, मध्यममा तीन महिना र सङ्‌क्षिप्‍तमा बिस दिन धर्मदेशना गर्ने प्रचलन थियो। त्यसैगरी प्रवजित तथा सामान्य गृहस्थीहरू धेरै भेला भएको बेलामा, समयअनुकूल बोधिचर्यावतारकको चार परिच्छेदहरू अर्थात् बोधिचित्तानुशंसा, पापदेशना, बोधिचित्तपरिग्रह र परिणामना मात्र पटक पटक धर्मदेशना गर्नुहुन्थ्यो। सोहि अनुरूप यहाँ पनि रिन्पोछेज्यूले बोधिचर्यावतारको चार ओटा परिच्छेदहरूलाई बोलीचालीको भाषामा सरल रूपले देशना गर्नु भएको छ।

ད་དུང་བལྟ་ཀློག • Read More • 閱讀更多
Featured image for “दाग्पोका चार धर्महरूको साधारण भाषामा व्याख्या: हीनमति प्रवेशद्वार”

दाग्पोका चार धर्महरूको साधारण भाषामा व्याख्या: हीनमति प्रवेशद्वार

རྗེ་སྒམ་པོ་པའི་གསུང་དྭགས་པོ་ཆོས་བཞི་ཕལ་སྐད་དུ་བཀྲལ་བ་བློ་དམན་འཇུག་པའི་སྒོ། །

EPUB PDF

भट्टारक मिलारेपाका सूर्यसमान शिष्य दाग्पो ल्हाज्ये वा गम्पोपा पुण्यर‍नज्यूले लेख्‍नुभएको ‘दाग्पो छ्योय् श्हि’ वा ‘दाग्पोका चार धर्महरू’को अति सरल र मर्मस्पर्शी भाष्य भोट भाषामा परमपूज्य श्रद्धेय गुरुवर ठाङ्‍गु रिन्पोछ्येज्यूले लेख्‍नुभएको हो। उहाँले भोट भाषामै लेख्‍नुभएको यस मौलिक कृतिको नेपाली भाषामा अनुवाद लोचवा मिलन शाक्‍यज्यू गर्नुभएको हो।

भट्टारक मिलारेपाका सूर्यसमान शिष्य दाग्पो ल्हाज्ये वा गम्पोपाका तीन ग्रन्थहरू; सद्धर्ममोक्षर‍नालङ्‍कार, मार्गोत्तम र‍नमाला, र दाग्पोका चार धर्महरूलाई भविष्यमा श्रवण गरेको खण्डमा वा पढेर अभ्यास गरेको खण्डमा स्वयम् दाग्पो रिन्पोछेको प्रत्यक्ष दर्शन गर्नुभन्दा खासै भिन्‍न हुने छैन। त्यसकारण ती तीन ग्रन्थहरूलाई श्रवण, चिन्तन तथा भावनामार्फत अभ्यास गर्नुपर्छ। यो कुरा स्वयम् गम्पोपाले नै भन्‍नुभएको हो।

ད་དུང་བལྟ་ཀློག • Read More • 閱讀更多
Featured image for “सुह‍ृल्लेख सरल भाषामा व्याख्यित प्रारम्भिक प्रवेशद्वार”

सुह‍ृल्लेख सरल भाषामा व्याख्यित प्रारम्भिक प्रवेशद्वार

EPUB PDF

यो लघुग्रन्थ परम पूजनीय नवौँ क्याब्जे योङ्जिन खेन्छेन ठङ्गु रिन्पोछे ज्यूले अमेरिकामा आफ्ना केही शिष्यहरूलाई सुहृल्लेख धर्मदेशना दिँदै गर्नु भएको अडियो रेकर्डलाई लिपिबद्ध गरिएको हो। यसको नेपाली अनुवाद आचार्य ङोडुप ग्याल्छेनले गर्नु भएको हो।

गम्भीर विषयहरूलाई पनि सरल रूपमा बुझाउने विशेषता भएकाले नवौँ क्याब्जे ठङ्गु रिन्पोछे ज्यूले यस ग्रन्थमा उल्लिखित त्रिरत्न शरण गमन, छअनुस्मृति, दश कुशल कर्मपथ, छ पारमिता, चार ब्रह्मविहार, आठ लौकिक धर्म, चार अप्रमेय, चार स्मृत्युपस्थान, निर्वाण, नैरात्म्य, त्रिशिक्षा, आर्य सत्य,दर्शन मार्ग, भावना मार्ग, सात बोध्यङ्ग, शमथ तथा विपश्यना, प्रतीत्यसमुत्पाद, आर्य अष्टाङ्गिक मार्ग, मार्ग फल, बुद्धत्व प्राप्ति आदि विषयहरूलाईसरल भाषामा स्पष्ट पार्नु भएको छ। रिन्पोछेज्यूले बोलचालको भाषामा सरल रूपले देशना गर्नु भएकोलाई अनुवाद पनि सरल भाषामै गरिएको छ।

ད་དུང་བལྟ་ཀློག • Read More • 閱讀更多
Featured image for “परम पूजनीय नवौँ क्‍याब्जे योङ्‍जिन खेन्छेन ठङ्गु रिन्पोछेज्यूको आत्मजीवनी सङ्‍ग्रह”

परम पूजनीय नवौँ क्‍याब्जे योङ्‍जिन खेन्छेन ठङ्गु रिन्पोछेज्यूको आत्मजीवनी सङ्‍ग्रह

EPUB PDF

परम पूजनीय खेन्छेन ठाङ्गु रिन्पोछेज्यूको आत्मजीवनी सङ्ग्रहमा उहाँले आफ्नो बालापनदेखिको सम्पूर्ण वृत्तान्तहरू र त्यस बेलाको अनुभूतिहरू विस्तारमा बताउनु भएको छ। विशेष गरी उहाँको जन्मस्थान, जन्म र गद्दी आरोहणको बारेमा, ठाङ्गु गोन्पा र ठाङ्गु अवतार मालाहरूको सङ्‍क्षिप्‍त इतिहास पनि समेट्नु भएको छ। उहाँ एघार वर्षको उमेर लासा लगायत मध्य तिब्बतको विभिन्‍न तीर्थयात्रा गर्नुभएको कुरा, र त्यसपछि पूर्वअभ्यास तथा ध्यान साधनामा लाग्‍नु भएको बारेमा पनि स्पष्ट बताउनु भएको छ। उहाँले गुफाबास पछि बौद्ध दर्शन अर्थात् उच्च बौद्ध शिक्षाको अध्ययन गर्नुभएको थियो भने सत्ताइस वर्षको उमेरमा मातृभूमि छोडेर भारत पलायन भई १६ औँ ग्याल्वङ् कर्मपाको मुख्य गोन्पा रुम्तेगमा बस्‍नु भएको कुराहरु विस्तारमा उल्लेख गर्नुभएको छ।

ད་དུང་བལྟ་ཀློག • Read More • 閱讀更多
Featured image for “आर्य ताराको चार मण्डल अर्पण विधि ।”

आर्य ताराको चार मण्डल अर्पण विधि ।

དགོངས་གཏེར་སྒྲོལ་མའི་ཟབ་ཏིག་ལས་མཎྜལ་ཆོ་ག་ཚོགས་གཉིས་སྙིང་པོ།

EPUB 🎧 PDF 🎧

यस हरित ताराको साधना महान निधि प्रदर्शक क्षोग्युर लिङपाको निधि अन्तर्गत पर्दछ जसको नाम ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार रहेको छ । हाम्रो दैनिक जीवनमा र धार्मिक अभ्यासहरू गर्ने क्रममा आइलाग्ने विघ्नबाधा हटाउन र हाम्रो मनोकामना पूर्ति गर्न यो साधना अतिनै प्रभावकारी छ भनी प्रशिद्ध छ । त्यसैले हरेक बिहान यस साधनालाई प्रायजसो सबै परम्पराको गुम्बाहरू र धार्मिक केन्द्रहरूमा वाचन गर्ने गरिन्छ । महा वैरोचनाले तन्त्रमा देशना गर्नु भएको यस २१ ताराको स्तूतिमा माता तारालाई सुन्दर ढंगले बारम्बार प्रसंसा गरेको देख्न सकिन्छ । यस नया इलेक्ट्रोनिक संस्करणमा १७ औं कर्मापाद्वारा भोट भाषामा वाचन गरिएको ताराको स्तूतिका साथै गुरू पद्म संभवका प्रार्थनाहरू पनि रहेका छन् ।

ད་དུང་བལྟ་ཀློག • Read More • 閱讀更多
Featured image for “दश लाख प्रणिधान पाठ ।”

दश लाख प्रणिधान पाठ ।

འབུམ་ཚོགས་སྨོན་ལམ་གྱི་འདོན་ཆ་ཕྱོགས་བསྒྲིགས།

EPUB PDF

यस प्रकाशनमा यही आऊदो ३८ औं काग्यु मोन्लम हुन गईरहेको दश लाख भद्रचर्या प्रणिधान र समय वज्रको साधना समावेश गरिएको छ र जून अघिल्लो पुस्तिकामा समेटिएको थिएन ।

ད་དུང་བལྟ་ཀློག • Read More • 閱讀更多
Featured image for “कग्युद महाप्रणिधान पाठ संग्रह”

कग्युद महाप्रणिधान पाठ संग्रह

PDF

हाम्रा शास्ताले सम्यक सम्बुद्ध प्राप्त गर्नुभएको अति विशेष तीर्थ स्थल बोधगयामा वार्षिक रूपमा गरिने कग्युद प्रणिधानका लागि टाढा – टाढाबाट आउनु भई तेरगार गोन्पा नजिक रहेको कग्युद मोन्लम पाण्डालमा उपस्थित भई हफ्ता दिनको प्रणिधान पाठ एकैसाथ गर्नेगर्छौं। जुन पाठ गर्नुको उद्देश्य सम्पूर्ण प्रणिले सुखावती भुवनको प्राप्ति र संसारमा सुख र शान्तिले व्याप्त रहनका लागि हुन्। सन् २००४ मा ग्यालवाङ कर्मापाले यस कग्युद महाप्रणिधान पाठ गर्न प्रारंभ गर्नु भयो। श्रद्धेय उहाबाट यस उत्तम स्थलमा गण को केन्द्रमा आसित रही सु – फल प्रदायक हेतु प्रणिधान पठोच्चारण बारम्बार गर्नु हुन्छ। जुन पाठ गर्नाले दृष्टि शुद्ध भई चित्त निर्मल पनि हुन्छ।

ད་དུང་བལྟ་ཀློག • Read More • 閱讀更多