आर्य ताराको चार मण्डल अर्पण विधि ।
དགོངས་གཏེར་སྒྲོལ་མའི་ཟབ་ཏིག་ལས་མཎྜལ་ཆོ་ག་ཚོགས་གཉིས་སྙིང་པོ།
यस हरित ताराको साधना महान निधि प्रदर्शक क्षोग्युर लिङपाको निधि अन्तर्गत पर्दछ जसको नाम ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार रहेको छ । हाम्रो दैनिक जीवनमा र धार्मिक अभ्यासहरू गर्ने क्रममा आइलाग्ने विघ्नबाधा हटाउन र हाम्रो मनोकामना पूर्ति गर्न यो साधना अतिनै प्रभावकारी छ भनी प्रशिद्ध छ । त्यसैले हरेक बिहान यस साधनालाई प्रायजसो सबै परम्पराको गुम्बाहरू र धार्मिक केन्द्रहरूमा वाचन गर्ने गरिन्छ । महा वैरोचनाले तन्त्रमा देशना गर्नु भएको यस २१ ताराको स्तूतिमा माता तारालाई सुन्दर ढंगले बारम्बार प्रसंसा गरेको देख्न सकिन्छ । यस नया इलेक्ट्रोनिक संस्करणमा १७ औं कर्मापाद्वारा भोट भाषामा वाचन गरिएको ताराको स्तूतिका साथै गुरू पद्म संभवका प्रार्थनाहरू पनि रहेका छन् ।