सुहृल्लेख सरल भाषामा व्याख्यित प्रारम्भिक प्रवेशद्वार
यो लघुग्रन्थ परम पूजनीय नवौँ क्याब्जे योङ्जिन खेन्छेन ठङ्गु रिन्पोछे ज्यूले अमेरिकामा आफ्ना केही शिष्यहरूलाई सुहृल्लेख धर्मदेशना दिँदै गर्नु भएको अडियो रेकर्डलाई लिपिबद्ध गरिएको हो। यसको नेपाली अनुवाद आचार्य ङोडुप ग्याल्छेनले गर्नु भएको हो।
गम्भीर विषयहरूलाई पनि सरल रूपमा बुझाउने विशेषता भएकाले नवौँ क्याब्जे ठङ्गु रिन्पोछे ज्यूले यस ग्रन्थमा उल्लिखित त्रिरत्न शरण गमन, छअनुस्मृति, दश कुशल कर्मपथ, छ पारमिता, चार ब्रह्मविहार, आठ लौकिक धर्म, चार अप्रमेय, चार स्मृत्युपस्थान, निर्वाण, नैरात्म्य, त्रिशिक्षा, आर्य सत्य,दर्शन मार्ग, भावना मार्ग, सात बोध्यङ्ग, शमथ तथा विपश्यना, प्रतीत्यसमुत्पाद, आर्य अष्टाङ्गिक मार्ग, मार्ग फल, बुद्धत्व प्राप्ति आदि विषयहरूलाईसरल भाषामा स्पष्ट पार्नु भएको छ। रिन्पोछेज्यूले बोलचालको भाषामा सरल रूपले देशना गर्नु भएकोलाई अनुवाद पनि सरल भाषामै गरिएको छ।