दाग्पोका चार धर्महरूको साधारण भाषामा व्याख्या: हीनमति प्रवेशद्वार
རྗེ་སྒམ་པོ་པའི་གསུང་དྭགས་པོ་ཆོས་བཞི་ཕལ་སྐད་དུ་བཀྲལ་བ་བློ་དམན་འཇུག་པའི་སྒོ། །
भट्टारक मिलारेपाका सूर्यसमान शिष्य दाग्पो ल्हाज्ये वा गम्पोपा पुण्यरनज्यूले लेख्नुभएको ‘दाग्पो छ्योय् श्हि’ वा ‘दाग्पोका चार धर्महरू’को अति सरल र मर्मस्पर्शी भाष्य भोट भाषामा परमपूज्य श्रद्धेय गुरुवर ठाङ्गु रिन्पोछ्येज्यूले लेख्नुभएको हो। उहाँले भोट भाषामै लेख्नुभएको यस मौलिक कृतिको नेपाली भाषामा अनुवाद लोचवा मिलन शाक्यज्यू गर्नुभएको हो।
भट्टारक मिलारेपाका सूर्यसमान शिष्य दाग्पो ल्हाज्ये वा गम्पोपाका तीन ग्रन्थहरू; सद्धर्ममोक्षरनालङ्कार, मार्गोत्तम रनमाला, र दाग्पोका चार धर्महरूलाई भविष्यमा श्रवण गरेको खण्डमा वा पढेर अभ्यास गरेको खण्डमा स्वयम् दाग्पो रिन्पोछेको प्रत्यक्ष दर्शन गर्नुभन्दा खासै भिन्न हुने छैन। त्यसकारण ती तीन ग्रन्थहरूलाई श्रवण, चिन्तन तथा भावनामार्फत अभ्यास गर्नुपर्छ। यो कुरा स्वयम् गम्पोपाले नै भन्नुभएको हो।