स्वामी गम्पोपाद्वारा रचित दाग्पोका चार धर्महरूको साधारण भाषामा व्याख्या : हीनमति प्रवेशद्वार नाम विहरतिस्म

दाग्पोका चार धर्महरूको साधारण भाषामा व्याख्या: हीनमति प्रवेशद्वार

स्वामी गम्पोपाद्वारा रचित दाग्पोका चार धर्महरूको साधारण भाषामा व्याख्या : हीनमति प्रवेशद्वार नाम विहरतिस्म

दाग्पोका चार धर्महरूको साधारण भाषामा व्याख्या: हीनमति प्रवेशद्वार

परम पूजनीय नवौँ क्‍याब्जे योङ्‍जिन खेन्छेन ठङ्गु रिन्पोछे
རྗེ་སྒམ་པོ་པའི་གསུང་དྭགས་པོ་ཆོས་བཞི་ཕལ་སྐད་དུ་བཀྲལ་བ་བློ་དམན་འཇུག་པའི་སྒོ་ཞེས་བྱ་བ་བཞུགས་སོ། །
लोचवा मिलन शाक्‍य

भट्टारक मिलारेपाका सूर्यसमान शिष्य दाग्पो ल्हाज्ये वा गम्पोपा पुण्यर‍नज्यूले लेख्‍नुभएको ‘दाग्पो छ्योय् श्हि’ वा ‘दाग्पोका चार धर्महरू’को अति सरल र मर्मस्पर्शी भाष्य भोट भाषामा परमपूज्य श्रद्धेय गुरुवर ठाङ्‍गु रिन्पोछ्येज्यूले लेख्‍नुभएको हो। उहाँले भोट भाषामै लेख्‍नुभएको यस मौलिक कृतिको नेपाली भाषामा अनुवाद लोचवा मिलन शाक्‍यज्यू गर्नुभएको हो।

भट्टारक मिलारेपाका सूर्यसमान शिष्य दाग्पो ल्हाज्ये वा गम्पोपाका तीन ग्रन्थहरू; सद्धर्ममोक्षर‍नालङ्‍कार, मार्गोत्तम र‍नमाला, र दाग्पोका चार धर्महरूलाई भविष्यमा श्रवण गरेको खण्डमा वा पढेर अभ्यास गरेको खण्डमा स्वयम् दाग्पो रिन्पोछेको प्रत्यक्ष दर्शन गर्नुभन्दा खासै भिन्‍न हुने छैन। त्यसकारण ती तीन ग्रन्थहरूलाई श्रवण, चिन्तन तथा भावनामार्फत अभ्यास गर्नुपर्छ। यो कुरा स्वयम् गम्पोपाले नै भन्‍नुभएको हो।

यस लघु ग्रन्थमा वर्णन गरिएका दाग्पोका चार धर्महरू यस प्रकार छन्; १. मति धर्ममा लाग्‍नु, २. धर्म मार्ग बन्‍नु, ३. मार्गले भ्रान्ति नाश गर्नु, ४. भ्रान्ति ज्ञानको रूपमा उदय हुनु। यी चार महत्त्वपूर्ण अत्यन्तै उपदेशहरूलाई श्रद्धेय गुरुवर ठाङ्‍गु रिन्पोछ्येज्यूले सरल भाषामा व्याख्‍या गर्नुभएको छ।

Transforming the Mind. The Four Dharmas of Gampopa
teachings
煉心八句
आर्य ताराको चार मण्डल अर्पण विधि ।
दश लाख प्रणिधान पाठ ।
བླ་མའི་རྣལ་འབྱོར་ཐུགས་རྗེ་མྱུར་བསྐུལ།
Invoking Compassion Swiftly
Transforming the Mind. The Four Dharmas of Gampopa
白度母日修儀軌
Image
How to Recite the Mani Mantra
परम पूजनीय नवौँ क्‍याब्जे योङ्‍जिन खेन्छेन ठङ्गु रिन्पोछेज्यूको आत्मजीवनी सङ्‍ग्रह