
अतिश दीपंकर श्रीज्ञानद्वारा रचित बोधिपथप्रदीप सरल भाषामा व्याख्यायित प्रारम्भिक प्रवेशद्वार।
क) सुरुवातमा; अभिवादन र सदाशयको स्मरण गरिएको,
ख) मध्यममा; बोधिपथप्रदीप मूल शास्त्र, र
ग) पृष्ठमा; समापन।
ख) दोस्रो, बोधिपथप्रदीप मूल शास्त्र दर्साउँदा चार भेद छन्।
१ शीर्षकको अर्थ,
२ अनुवादक वन्दना,
३ मूल विषय,
४ पृष्ट।
तेस्रो, मूल विषयमा तीन भेद छन्।
१ मङ्गलाचरणका साथ व्याख्या गर्ने प्रतिज्ञा,
२ मूल विषयको व्याख्या,
३ रचना गर्नुको कारण।
दोस्रो, मूल विषयको व्याख्यामा दुई;
१ तीन पुरुषहरूको भेद सङ्क्षिप्तमा दर्साएको, र
२ तिनीहरूको मार्गको आ-आफ्नो लक्षण उल्लेख।
दोस्रो, तिनीहरूको मार्गको आ-आफ्नो लक्षण उल्लेख गर्दा तीन;
१ अधम पुरुषको लक्षण,
२ मध्यम पुरुषको लक्षण, र
३ उत्तम पुरुषको लक्षण।
तेस्रो, उत्तम पुरुषको लक्षण दर्साउँदा दुई;
१ सङ्क्षिप्तमा, र
२ विस्तृतमा उल्लेख।
दोस्रो, विस्तृत व्याख्यामा दुई;
१ पारमिता मार्ग विस्तृतमा व्याख्या, र
२ मन्त्रमा प्रस्थान विधि केही मात्र दर्साएको।
पहिलो, पारमिता मार्ग विस्तृतमा व्याख्यामा दुई;
१ मार्ग व्यवस्था, र
२ फल व्यवस्थाको उल्लेख।
पहिलो, मार्ग व्यवस्थामा दुई;
१ व्याख्या गर्ने प्रतिज्ञा, र
२ सम्यक् उपायको उल्लेख।
दोस्रो, सम्यक् उपाय उल्लेख गर्दा दुई;
१ प्रणिधि शिक्षा सहितको सम्यक् उपाय, र
२ प्रस्थान शिक्षा सहितको सम्यक् उपाय।
पहिलो, प्रणिधि शिक्षा सहितको सम्यक् उपायमा तीन;
१ तयारी,
२ मूल र
३ पृष्टमा शिक्षाको अभ्यास गर्ने विधि।
पहिलो, तयारीमा तीन;
१ पुण्य सम्भार,
२ विशिष्ट शरण-गमन,
३ त्रिचित्त मतिशोधन।
तेस्रो, पृष्टमा शिक्षाको अभ्यास गर्ने विधिमा पाँच;
१ लाभ स्मरण शिक्षा,
२ बोधिचित्त शोधन शिक्षा,
३ दुई सम्भार सञ्चय शिक्षा,
४ सत्त्व परित्याग नगर्ने शिक्षा, र
५ शुक्ल-कृष्ण अष्ठधर्म हेय-उपादेय विधि शिक्षा।
दोस्रो, प्रस्थान शिक्षासहित व्याख्या गर्दा तीन;
१ सन्धि गरी प्रस्थान संवर ग्रहण बारे दर्साएको,
२ ग्रहण गर्ने प्रक्रिया र
३ संवर ग्रहण गरी शिक्षाको अभ्यास दर्साएको।
दोस्रो, प्रस्थान संवर ग्रहण गर्ने प्रक्रियामा तीन;
१ आश्रयरूपी ग्रहणकर्ता,
२ ग्रहणको स्थान, र
३ ग्रहण गर्ने विधि।
तेस्रो, ग्रहण गर्ने विधिमा दुई:
१ गुरुको उपस्थितिमा ग्रहण गर्ने विधि, र
२ गुरुको अनुपस्थितिमा ग्रहण गर्ने विधि।
दोस्रो, गुरुको अनुपस्थितिमा ग्रहण गर्ने विधिमा दुई;
१ साझा र विशेष रूपले वचन अनुरूप दर्साउने प्रतिज्ञा, र
२ उक्त सूत्रमा उल्लिखित चित्तोत्पाद र संवर पालन गर्ने विधि दर्साएको।
दोस्रो, उक्त सूत्रमा उल्लिखित चित्तोत्पाद र संवर पालन गर्ने विधिमा दुई;
१ चित्तोत्पाद र
२ संवर पालन गर्ने विधि।
दोस्रो, संवर पालन विधिमा दुई;
१ तीन शीलको समान्य उल्लेख, र
२ प्रत्येकको व्याख्या।
दोस्रो, प्रत्येकको व्याख्या गर्दा तीन;
१ दुष्कृत संवर शील,
२ सत्त्वार्थ शील, र
३ कुशल धर्म सङ्ग्राहक शील।
तेस्रो, संवर ग्रहण गरेपछि शिक्षाको अभ्यास बारे दर्साउँदा तीन;
१ शील शिक्षाको अभ्यास विधि,
२ चित्त शिक्षाको अभ्यास विधि, र
३ प्रज्ञा शिक्षाको अभ्यास विधि।
पहिलो शील शिक्षाको अभ्यास विधिमा दुई;
१ मूल विषय र
२ त्यसको महत्ता।
दोस्रो, चित्त शिक्षाको अभ्यास विधिमा तीन;
१ संयोजन,
२ अभिज्ञा उत्पन्न हुनको लागि शमथको अभ्यास, र
३ शमथ अभ्यासको मूल विधि।
तेस्रो, शमथ अभ्यासको मूल विधिमा तीन;
१ शमथ अङ्गहरूको सङ्ग्रह अपनाउने,
२ शमथ ध्यान विधि,
३ ध्यानको लाभ।
तेस्रो, प्रज्ञा शिक्षा अभ्यास विधिमा दुई;
१ उपाय-प्रज्ञा युगनद्धको औचित्य दर्साउँदै विपश्यना अभ्यास दर्साएको,
२ विपश्यना अभ्यास विधि।
पहिलो, उपाय-प्रज्ञा युगनद्धको औचित्य दर्साउँदै विपश्यना अभ्यास दर्साएकोमा तीन:
१ विपश्यना प्रज्ञाको अभ्यास गर्नुपर्ने कारण,
२ उपाय-प्रज्ञा युगनद्धद्वारा अभ्यास गर्नुपर्ने कारण र
३ युगनद्धको वास्तविक मार्ग उल्लेख।
तेस्रो, युगनद्धको वास्तविक मार्ग उल्लेखमा दुई;
१ सङ्क्षिप्त उल्लेख, र
२ विस्तृत व्याख्या।
दोस्रो, विस्तृतमा व्याख्या गर्दा तीन;
१ उपायको पहिचान,
२ त्यसको अभ्यासको महत्त्व, र
३ प्रज्ञाको पहिचान।
दोस्रो, विपश्यना अभ्यास विधिमा दुई;
१ विस्तृत व्याख्या, र
२ समापन।
पहिलो, विस्तृत व्याख्यामा तीन;
१ विपश्यनाको अङ्गहरूको सङ्ग्रह अपनाउने,
२ विपश्यना ध्यान विधि, र
३ विपश्यना ध्यानको फल।
पहिलो, विपश्यनाको अङ्गहरूको सङ्ग्रह अपनाउनेमा दुई;
१ तर्कद्वारा चिन्तामयीप्रज्ञा र
२ आगमद्वारा श्रुतिमयीप्रज्ञा दर्साएको।
पहिलो, तर्कद्वारा चिन्तामयीप्रज्ञा दर्साउँदा तीन;
१ फलको विश्लेषण उत्पादनिरोध युक्ति,
२ हेतुको विश्लेषण वज्र-कण्टक युक्ति,
३ स्वभावको विश्लेषण एकानेक रहित युक्ति।
तेस्रो, विपश्यना ध्यानको फल दर्साउँदा दुई;
१ वास्तविक फलको अर्थ,
२ त्यसलाई आगमद्वारा प्रमाणित गरिएको।
दोस्रो, मन्त्रमा प्रस्थान गर्ने विधि केही मात्र दर्साउँदा तीन;
१ वज्रयानको अनुसरण गरेकोले अभिषेक प्राप्त गर्नुपर्ने दर्साएको,
२ आश्रयको विविधताले उच्च अभिषेकहरू ग्रहन गर्न हुने-नहुने विधि,
३ दुई उच्च अभिषेकहरू प्राप्त नभएमा तन्त्रको व्याख्यान-श्रवण आदि कार्य गर्न मिल्ने वा नमिल्ने सन्देह हटाउने।
पहिलो, वज्रयान अनुसरण गरेकोले अभिषेक प्राप्त गर्नुपर्ने दर्साएकोमा दुई;
१ प्रसङ्गवश बोधिचित्त सदाशयको महत्त्व बारे उपदेश, र
२ मूल विषय।
दोस्रो, मूल विषयमा तीन;
१ आश्रयरूपी व्यक्ति,
२ त्यसलाई परिपक्वा तुल्याउने अभिषेक प्रदान गर्ने, र
३ अभिषेकको महत्ता दर्साएको।
चौथो, ग्रन्थको पृष्टनमा दुई;
१ रचनाकार र
२ अनुवादक।
ग) तेस्रो, समापनमा दुई;
१ यस शास्त्रको अभ्यास गर्नुपर्ने उपदेश, र
२ रचना प्रक्रिया उल्लेख गरी समापन गरिएको।














