वज्रधर लघु प्रार्थनाको सरल भाषामा व्याख्यायित मोक्ष मार्गदर्शन
सातौँ कर्मपा क्षोडाग ग्याछोका गुरु महासिद्ध गुरु ज्याम्पल शाङ्पोज्यूद्वारा रचित ‘वज्रधर लघु प्रार्थना’ अति नै महत्त्वपूर्ण पाठ रहेको छ। यसलाई परम पूजनीय गुरु नवौँ खेन्छेन ठाङ्गु रिन्पोछेज्यूले सिकारूहरूको लागि बोलीचालीको भाषामा व्याख्या गर्नुभएको छ। उहाँले व्याख्या गर्नुभएको ‘वज्रधर लघु प्रार्थना: सरल भाषामा व्याख्या मोक्ष मार्गदर्शन’ नामक यो शास्त्र नेपालीमा अनुवाद भएको छ। यसलाई अध्ययन तथा अभ्यास गरेमा अवश्य लाभ हुनेछ।


















