बोधिपथप्रदीप सरल भाषामा व्याख्यायित प्रारम्भिक प्रवेशद्वार।
ज्योवो ज्ये पल्देन अतिश अर्थात् दीपंकर श्रीज्ञानले रचना गर्नुभएको ‘बोधिपधप्रदीप’ नामक उत्तम ग्रन्थले त्रिपिटकको सार, तीन पुरुषको मार्ग क्रमशः स्पष्ट रूपले दर्साएको छ। यसलाई परम पूजनीय गुरु नवौँ खेन्छेन ठाङ्गु रिन्पोछेज्यूले सिकारूहरूको लागि बोलीचालीको भाषामा व्याख्या गर्नुभएको छ। उहाँले व्याख्या गर्नुभएको ‘बोधिपथप्रदीप सरल भाषामा व्याख्यायित प्रारम्भिक प्रवेशद्वार’ नामक यो शास्त्र नेपालीमा अनुवाद भएको छ। यसलाई अध्ययन तथा अभ्यास गरेमा अवश्य लाभ हुनेछ।




























